Home राजनीति अखिल (क्रान्तिकारी)ले प्रधानमन्त्रीलाई बुझायो १५ बुँदे ज्ञापनपत्र

अखिल (क्रान्तिकारी)ले प्रधानमन्त्रीलाई बुझायो १५ बुँदे ज्ञापनपत्र

by reporter

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्‍युनिष्‍ट पार्टी निकट अखिल (क्रान्तिकारी) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विभिन्न मागसहितका १५ बुँदे ज्ञापनपत्र बुझाएको छ । आज बिहान बालुवाटार पुगेर सो सङ्गठनका प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । सो ज्ञापन पत्रमा शिक्षा क्षेत्र तहसनहस भएको भन्दै सरकारी तवरबाट ठोस पहल गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिएको छ । राष्ट्रिय बजेटको २० प्रतिशत शिक्षा क्षेत्रलाई छुट्टाउन, सङ्घीय शिक्षा ऐन तत्काल लागु गर्न र विश्वविद्यालयमा राजनीतिक भागवण्डा बन्द गर्न सो संगठनले सरकारसमक्ष माग गरेको छ ।

Related Articles

Leave a Comment