Home राजनीति …अनि यता लभ परिहाल्यो : प्रधानमन्त्री प्रचण्ड

…अनि यता लभ परिहाल्यो : प्रधानमन्त्री प्रचण्ड

by reporter

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु र एमाले अध्यक्ष केपी ओलीबीच विचार र मुद्दा नमिलेकै कारण पुस १० को गठबन्धन नटिकेको बताएका छन् । सोमबार एमाले सांसदले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले पुस १० मा एक किसिमको सहमति भएपनि पछि विचार र सिद्दान्त नमिल्दा पछिल्लो अवस्था आएको बताए ।

‘हिजो भएका वादविवाद र घट्नाक्रम चाहे त्यो संसद विघटनको कुरा होस् चाहे मैले प्रस्तुत गरेको दस्तावेजको कुरा होस् वा केपीजीले पेस गरेको दस्तावेज होस् त्यसलाई २, ३ वर्ष थाति राख्ने र त्यो कुरातिर जाँदै नजाने’, प्रधानमन्त्रीले भने, ‘अगाडि जाने भन्ने कुरामात्रै भएको थियो र म त्यही विश्वासमा थिएँ ।’

उनले केन्द्र सरकार र प्रदेश सरकार गुमेको विषय रियलाइजेसन गरेको होला भनेर आफु बालकोट गएको तर ओलीले संसद विघटन सही हो भनेपछि अब अघि बढदैन भन्नेमा पुगेको बताए । अर्कोतिर कांग्रेसले विगतको कमजोरी महसुस गरेकाले आफ्नो लभ कांग्रेसतिर परेको बताए । तर प्रधानमन्त्रीका लागि नभई शान्ति र संविधानका लागि मात्रै लभ परेको बताए ।

Related Articles

Leave a Comment