Home राजनीति अब प्रदेश सरकार झनै बलियो हुन्छः अध्यक्ष यादव

अब प्रदेश सरकार झनै बलियो हुन्छः अध्यक्ष यादव

by reporter

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने बताएका छन् । शनिवार जनकपुर पुगेका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । आफ्नो पार्टीले उपराष्ट्रपति पाउने सहमति भइसकेकाले सहमति अनुसार नै अघि बढ्ने बताए । उनले प्रदेश सरकार आगामी दिनमा स्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरु प्रदेश सरकारले नै परिचालन गर्नेगरी अघि बढ्ने दाबी गरे । उनले भने, ‘काँग्रेसले राष्ट्रपति र हामीले उपराष्ट्रपति पाउने सहमति भएको छ । प्रदेश सरकार आउने दिनमा झनै बलियो हुन्छ, श्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरु प्रदेश सरकारले नै परिचालन गर्नेगरी अघि बढ्छ ।’अध्यक्ष यादवले सत्ता गठबन्धनान आएको बदलावले मधेस प्रदेशमा कुनै समस्या नआउने उनको दाबी छ ।

Related Articles

Leave a Comment