Home समाचार इन्द्रसरोवर तालमा बेपत्ता भएकाको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

इन्द्रसरोवर तालमा बेपत्ता भएकाको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

by reporter

काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर तालमा र्‍याफ्टिङ्ग गर्ने क्रममा बेपत्ता भएकाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । काठमाडौँको दक्षिणकाली नगरपालिका ३ बस्ने ३५ वर्षिय राजकुमार सुवेदीको शव ४५ फिटको गहिराईबाट निकालिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौँबाट गएको गोताखोरले बुधबार सुवेदीको शव निकालेको हो । इन्द्रसरोवर गाउँपालिका १ कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर तालमा र्‍याफ्टिङ्ग गर्ने क्रममा उनी मंगलबार हामफाल्दा बेपत्ता भएका थिए ।

Related Articles

Leave a Comment