Home समाचार उच्छृङ्खल तरिकाले होली खेलेको आरोपमा राजधानीबाट २१८ जना पक्राउ

उच्छृङ्खल तरिकाले होली खेलेको आरोपमा राजधानीबाट २१८ जना पक्राउ

by reporter

काठमाडौँ । उच्छृङ्खल तवरले होली खेलेको आरोपमा प्रहरीले काठमाडौँबाट २१८ जनालाई पक्राउ गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) हिमालय श्रेष्ठले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा अर्काको इच्छा विपरीतको क्रियाकलाप गर्ने र सार्वजनिक ठाउँमा हो–हल्ला गर्नेहरु छन् । उनीहरूको कसुर अनुसार केहीलाई अभद्र व्यवहार मुद्दा चलाउने र सामान्य होहल्ला गरेको आरोपमा पक्राउ परेकाहरूलाई छाडिने एसएसपी श्रेष्ठले जानकारी दिए ।काठमाडौँ उपत्यकामा प्रहरीले ५ सय ४३ मोटरसाइकल होल्ड गरेको छ । कागजात साथमा नभएका, मापसे गरेर चलाएका र बिना हेल्मेट चलाएका मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । ती मोटरसाइकल साँझ छाड्न थालिएको छ ।

Related Articles

Leave a Comment