Home राजनीति एमालेलाई विश्वप्रकाशको प्रश्न : एक पटकको भत्ताले जिन्दगीभर सत्ता ?

एमालेलाई विश्वप्रकाशको प्रश्न : एक पटकको भत्ताले जिन्दगीभर सत्ता ?

by reporter

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेले सामाजिक सुरक्षा भत्तालाई हतियार बनाएर मत माग्ने गरेको टिप्पणी गरेका छन् । उनले एमालेले सुरुवात गरेपनि त्यसलाई १०० बाट ३ सय बनाउने पार्टी कांग्रेस भएको बताए । कांग्रेसले आफुले गरेको काम जनतामा बुझाउन नसकेको समेत उनले बताए । सोमबार पश्चिम सुर्खेतको पञ्चपुरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले भने, ‘एक पटकको भत्ताले जिन्दगीभर सत्ता ?’ शर्माले ३ सयदेखि ५०० र २ हजारसम्म कांग्रेसले भत्ता बढाएको बताउँदै कांग्रेसले आफुले गरेको कामको भाग खोज्नुपर्ने तर्क राखे । ‘समाजमा केही हुन सकेन भन्ने खालको कुराले जनतामा असन्तुष्टि पैदा गर्छ,’ शर्माले भने, ‘आफुले गरेका कामहरुलाई जनताको बीचमा बुझाउन सक्नुपर्छ ।’

Related Articles

Leave a Comment