Home समाचार कारको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको ३ दिन पछि मृत्यु

कारको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको ३ दिन पछि मृत्यु

by reporter

सिन्धुली । मदन भण्डारी राजमार्ग स्थित सिन्धुलीको कमलामाई नगरपालिका ९ कोरुङखोलामा कारले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । गएको चैत ४ गते शनिवार साँझ ६ बजे तिर कारले ठक्कर दिँदा गम्भीर घाइते भएकी कमलामाई नगरपालिका ९ का गोपाल गुवाजुको १० बर्षिया छोरी विपाशा गुवाजुको तिन दिन पछि मंगलवार उपचारको क्रममा मृत्यु भएको हो ।सिन्धुलीमाढीबाट उदयपुरको कटारी तर्फ जाँदै गरेको बा १५ च ९२३८ नम्बरको कारले बाटो काट्ने क्रममा बालिका गुवाजुलाई ठक्कर दिएको हो ।कारको ठक्करबाट गम्भीर घाइते भएकी बालिका गुवाजुको न्युरो अस्पताल बाँसबारीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो ।ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

Related Articles

Leave a Comment