Home राजनीति गाडी दुर्घटना हुँदा बन्दीपुरमा १२ जना घाइते

गाडी दुर्घटना हुँदा बन्दीपुरमा १२ जना घाइते

by reporter

तनहुँ।तनहुँको बन्दीपुरमा गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। शनिबार दिउँसो सवा ३ बजे बन्दीपुर गाउँपालिका-१ नाहालास्थित पृथ्वी राजमार्गमा गाडी दुर्घटना भएको हो ।दमौलीबाट डुम्रे जाँदै गरेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।बागमती प्रदेश ०६-००१ ज ००१७ नम्बरको फोर्स गाडी अचानक अनियन्त्रित भएर भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।घाइतेमध्ये चार जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ। यस्तै घाइते सात जनालाई काठमाडौंस्थित ट्रमा अस्पतालमा पठाइएको छ ।चालक नवीन राईको तनहुँमै उपचार भइरहेकको छ ।

Related Articles

Leave a Comment