Home अर्थ चाँदी वरामद भएको सम्बन्धी :

चाँदी वरामद भएको सम्बन्धी :

by reporter

मिति २०७९।११।११ गते अं. ०६:३० बजेको समयमा जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. २ नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएका प्रहरी टोलीद्वारा विभिन्न स्थानहुँदै काठमाण्डौ भित्रिने यात्रुबाहक सवारी साधनहरुमा चेकजाँच गर्ने क्रममा रुपन्देही देखि काठमाण्डौ तर्फ आउँदै गरेको जिल्ला रुपन्देही तिलोत्तमा न.पा. १६ बस्ने वर्ष ४४ को बस चालक रामचन्द्र थारुले चलाएको लु.१ख.८६२५ नं. को यात्रुवाहक सार्वजनिक बसको चालाकको सिटमुनी दुई वटा प्लाष्टिको डिब्बा भित्र कागज र प्लाष्टीकले बेरी प्याक गरी राखिएको चाँदी जस्तो देखि सेतो धातु प्लाष्टिक कभर डिब्बा र कागज सहीत तौल गर्दा १३ किलो ६०० ग्राम रहेकोमा सम्पुर्ण कागज प्लाष्टीक हटाई धातुलाई मात्र तौल गरी हेर्दा ब्रासलेट जस्तो देखिने चिजबस्तु १.२५८ किलोग्राम, ठुलो प्रकारको ब्रासलेट ०.८३० किलोग्राम, सिक्री ४.२८६ किलोग्राम र अर्को किसिमको मसिनो सिक्रि ५.३०६ किलोग्राम गरी जम्मा धातु ११ (एघार) किलो ६८ ग्राम रितपुर्वक बरामद गरी बस चालक रामचन्द्र थारुलाई नियन्त्रणमा लिइएको ।क) पक्राउ परेको व्यक्ति:१. जिल्ला रुपन्देही तिलोत्तमा न.पा. १६ बस्ने वर्ष ४४ को रामचन्द्र थारु ।(बस चालक)ख) बरामद दशी:१. ब्रासलेट जस्तो देखिने चिजबस्तु १.२५८ किलोग्राम२. ठुलो प्रकारको ब्रासलेट ०.८३० किलोग्राम३. सिक्री ४.२८६ किलोग्राम ४. मसिनो सिक्रि ५.३०६ किलोग्राम जम्मा धातु ११ किलो ६८ ग्रामउक्त घटनाको सम्बन्धमा प्रकरण ख) मा बरामद दशीसहित प्रकरण क) मा पक्राउमा परेको रामचन्द्र थारु उपर थप अनुसन्धान तथा कारवाहीको लागि श्री राजस्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाइएको ।

Related Articles

Leave a Comment