Home राजनीति चिनियाँ राजदूतले भेटे राष्ट्रपति पौडेल

चिनियाँ राजदूतले भेटे राष्ट्रपति पौडेल

by reporter

नेपालका लागि चिनियाँ राजदूत छन सङले राष्ट्रपति रामचन्द्र पौडललाई भेटेका छन्।

बुधबार उनीहरूबीच शितलनिवासमा भेट भएको हो।

भेटका क्रममा नेपाल र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

पौडेल राष्ट्रपति भएपछि राजदूत सङले पहिलोपटक भेटेका हुन्। पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।

Related Articles

Leave a Comment