Home समाचार चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ:

चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ:

by reporter

मिति २०७९/०७/२८ गते अं. १८:३० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालीका वडा नं. ३ बसुन्धारा स्थित बंगलादेश राजदुतावास पछाडी मधुर बिक्रम खनालको घरमा ११/१२ जनाको समुहमा आएका अज्ञात हतियारधारी समुहले निज मधुर बिक्रम खनालकी श्रीमती नन्दा मल्ल लगायतका उक्त घरमा भएका अन्य मानिसहरुलाई नियन्त्रणमा लिई बन्धक बनाई धारिलो हतियार खुकुरी, हतौडा तथा रड प्रहार गरी सख्त घाईते बनाई घरमा रहेको नगद, सुन तथा हिराका बहुमुल्य गरगहना तथा नगद अं. रू.५ करोड बराबरको धनमाल लुटी फरार भएका व्यक्तिहरुको खोजतलास गर्ने क्रममा १० जनालाई पक्राउ गरी सम्मानीत काठमाण्डौ जिल्ला अदालतको मिति २०७९।०९।०१ गतेको आदेशले १० जना प्रतिवादीहरुलाई पुर्पक्षका लागी श्री केन्द्रीय कारागार जगन्नाथदेवल चलान गरिएकोमा फराररहेका जिल्ला कालिकोट महावै गा.पा. ४ घर भई हाल का.जि. नागार्जुन न.पा. १० स्थित स्यूचाटर बस्ने वर्ष २३ को युवराज शाहीलाई पक्राउ गरिएको ।

अन्य: थप प्रतिवादीहरुको खोजतलास कार्य जारी रहेको ।

Related Articles

Leave a Comment