Home राजनीति जसपाको विधान अधिवेशन सर्‍याे

जसपाको विधान अधिवेशन सर्‍याे

by reporter

काठमाडौं ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन सारेको छ । पार्टी उपनिर्वाचनको तयारीमा जुटेकाले जेठ १ गतेका लागि अधिवेशन सारिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने छ । यसअघि यही चैत २६ गतेदेखि २८ गतेसम्म अधिवेशन गर्ने तय भएको थियो । तर वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्नुभएकाले विधान अधिवेशन सारिएको थापाले बताउनुभयो ।

Related Articles

Leave a Comment