Home समाचार ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार भन्दा बढी चालकमाथि कारबाही

ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार भन्दा बढी चालकमाथि कारबाही

by reporter

काठमाडौँ।चालु आर्थिक वर्ष (२०७९/८०) को साउनदेखी हालसम्म ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार ३ सय १४ जना चालकलाई CCTV को सहायताबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ ।काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा रहेको CCTV कन्ट्रोल रुमले तत्काल दिएको सुचनाका आधारमा ३ हजार २९२ जना र ट्राफिक नियम उल्लंघन गरी फरार रहेका १ हजार २२ जना गरी ४ हजार ३ सय १४ जना चालकलाई काठमाडौँ उपत्यकाको बिभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको हो ।जसमा साउन महिनामा ३४१ जना, भदौमा ६८० जना, असोजमा ४८२ जना, कार्तिकमा ३६६ जना, मंसिरमा ६६२ जना , पुषमा ९२५ जना, माघमा ८१४ जना र फागुनमा ४४ जना चालकहरू रहेका छन् ।ट्राफिक प्रहरीको आँखा छलेर नियम मिच्ने चालकलाई प्रविधिको सहायताले कारबाहीको दायरामा ल्याइएको र यसबाट सवारी आवागमन व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनु भयो ।प्रविधिमैत्री बन्दै गएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी आवागमन व्यवस्थापन र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कानुनको दायरामा ल्याउन वि.सं. २०७४ सालबाट CCTV र वि.सं. २०७५ सालबाट सर्भिलेन्स भेहिकलद्वारा निगरानी गर्दै आएको छ ।

Related Articles

Leave a Comment