Home समाचार ठगी गर्ने १ जना व्यक्ति पक्राउ

ठगी गर्ने १ जना व्यक्ति पक्राउ

by reporter

काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका वडा न.०७ चावहिल, गंगाहिटी स्थितमा रहेको भिजन ड्रिमरी प्रा.लि. (vision dreamery pvt.ltd) का संचालक जुनुकला राई समेतले नेपाली कला र सिपबाट सृजित विभिन्न प्रकारका सामानहरु उत्पादन तथा बिक्री वितरण गर्ने गराउने सम्बन्धी स्विकृति लिई‌ ईजाजतको समेत बर्खिलाप हुने गरी १६-२५ बर्ष उमेर समुहका धेरैजसो युवायुवतीलाई आकर्षक आम्दानी, विभिन्न योजना(२५%,३५%,४५%,४६% नाम दिई), वैदेशिक भ्रमण लगायतका प्रलोभन दिई न्यूनतम ११,३०० देखि अधिकतम ५,००,००० सम्म तिरी सदस्यता लिन लगाई कम्तिमा ४ जना सदस्य बनाउन सकेमा लगानी रकम फिर्ता हुने गर्न नसकेको खण्डमा कम्पनीबाट उत्पादित भनिएको गुणस्तर परिक्षण नभएको विभिन्न तयारी पोशाक,जुत्ता, हस्तकलाका सामाग्रीहरु बजार मूल्य भन्दा अत्याधिक ज्यादा मूल्यमा बिक्री गराउनु पर्ने शर्त राखी उक्त शर्त पालना नगरिएको खण्डमा लगानी रकम समेत फिर्ता नगरी (कम उमेर समुहका युवायुवतीलाई नेटवर्किङ व्यवसाय सम्वन्धि ३ दिने प्रशिक्षण दिलाई उक्त कार्य गरी गर्न लगाई) प्रलोभनमा पारी लाखौ नगद असुल गरी १४ जना पिडितहरुबाट नगद रु. १७,०३,४००।–( सत्र लाख तिन हजार चार सय)  र ३६ जना पिडितहरुबाट नगद रु. ३८,१९,४००।– (अड्तिस लाख उन्नाइस हजार चार सय ) बराबरको रकम‌ ठगी गर्ने व्यक्तिलाई पक्राउ गरीएको ।

क) पक्राउ परेको व्यक्ति :
१. जिल्ला सुनसरी धरान उप.म.न.पा वडा नं. १७ घरहुने वर्ष ३५ की जुनुकला राई ।

पक्राउ परेको व्यक्ति उपर ठगी सम्बन्धी मुद्मद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट दिन – ५ को  म्याद थप अनुमति लिई  प्रहरी वृत्त  गौशालाबाट थप अनुसन्धान भई रहेको ।

Related Articles

Leave a Comment