Home समाचार डोटीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

डोटीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

by reporter

डोटी । डोटीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिकामा स्कुलमा काम गरी रहेका लेबरको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । स्कुलमा लेबरी काम गर्ने कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जनाका ३५ वर्षीय रजि साउदको कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय डबल सेट्टीलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी भएको झगडामा डबलले कुटपिट गर्दा गम्भीर घाइते भएका रजिको उपचारको लागि धनगढीतर्फ पठाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो । प्रहरीका अनुसार सो घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Related Articles

Leave a Comment