Home अर्थ दुर्गा प्रसाईंको धम्कीप्रति बैंक तथा वित्तीय संस्थाहरूको आपत्ति

दुर्गा प्रसाईंको धम्कीप्रति बैंक तथा वित्तीय संस्थाहरूको आपत्ति

by reporter

काठमाडौँ । पछिल्लो समय केही व्यक्तिहरूले बैंक र वित्तीय तथा लघुवित्त संस्थाहरू विरुद्ध दिएको नकारात्मक टिप्पणी एवं आन्दोलनको घोषणा तथा कर्मचारीहरु हतोत्साही हुने गरी दिइएको धम्कीपूर्ण अभिव्यक्तिहरू र अराजक व्यवहार गरेको भन्दै नेपाल बैंकर्स संघलगायत संस्थाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
बैंकर्स संघसहित, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि विरोधको आडमा जबर्जस्ती कानुन आफ्नो हातमा लिई हुने अराजक घट्नालाई समयमै नियन्त्रण गर्न माग समेत गरेको छ
संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बैंक र वित्तीय तथा लघुवित्त संस्थाहरूको आफ्ना ग्राहकहरूसँग रही आएको सुमधुर सम्बन्धलाई एकाध नकारात्मक क्रियाकलापले बिथोल्न नसक्नेमा हामी स्पष्ट छौँ । कुनै पनि बैंक रवित्तीय तथा लघुवित्त संस्थाबाट ऋण लिएपछि नियमित रूपमा कर्जाको साँवा रकिस्ता तिर्नु ऋणीको पहिलो दायित्व हुनेमा दुई मत छैन । विभिन्न सर्तहरूको अधीनमा रही बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए पछि नतिर्ने भन्नु अराजकता हुनुका साथै यस प्रकारका क्रियाकलापहरू कसैको हितमा नहुने, यसले असहज वातावरण सृजना गर्ने र आर्थिक गतिविधिमा समेत नकारात्मक असर पार्न सक्ने हुनाले यसप्रति सजग रहन हामी सबैमा आग्रह गर्दछौँ ।’

बैंक र वित्तीय तथा लघुवित्त संस्थाहरू नियामक निकायद्वारा जारी गरिएको नीति र निर्देशन तथा विभिन्न ऐनको अधीनमा रही बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको र आफ्ना ग्राहकहरूको हक–हित तर्फ सदैव सचेत रहने हुनाले कानुन विपरीत कुनै पनि गतिविधिहरू नगर्न र केही समस्या भएको खण्डमा सम्बन्धित संस्थासँग छलफल गरी अघि बढ्नु नै हितकारी हुने समेत संघले सुझाएको छ ।

Related Articles

Leave a Comment