Home समाचार नेपाल प्रहरीका तेक्वान्दो खेलाडीलाई सफलता

नेपाल प्रहरीका तेक्वान्दो खेलाडीलाई सफलता

by reporter

काठमाडौं, नेपाल तेक्वान्दो संघको आयोजनामा बुधबार भएको ‘1st NTA Open Poomsae League Championship 2023’ अन्तर्गत नेपाल प्रहरीका तेक्वान्दो खेलाडीले ५ स्वर्ण, २ रजत र ६ कास्य गरी कुल १३ पदक हासिल गर्दै नेपाल प्रहरीको टिम च्याम्पियन भएको छ ।

प्रतियोगिता अन्तर्गत पुरूष सिंगल पुम्सेतर्फ प्रहरी सहायक हवल्दारहरू कमल श्रेष्ठ र जित बहादुर बोटले स्वर्ण पदक, महिला सिंगल पुम्सेतर्फ प्रहरी सहायक हवल्दार सिता तामाङले स्वर्ण पदक, पेयर पुम्सेतर्फ प्रहरी सहायक हवल्दार कमल श्रेष्ठ र सिता तामाङले स्वर्ण पदक एवम् पुरूष ग्रुप पुम्सेतर्फ प्रहरी सहायक हवल्दार जित बहादुर बोट, प्रहरी जवान प्रेम बहादुर लिम्बु र प्रहरी जवान आश्मिन राउतले स्वर्ण पदक हासिल गरेका छन् । 

यसैगरी पेयर पुम्सेतर्फ प्रहरी जवान निशा दर्नाल र प्रहरी जवान आश्मिन राउतले रजत पदक, महिला ग्रुप पुम्सेतर्फ प्रहरी जवान निशा दर्नाल, प्रहरी जवान सबिना घले र सुशिला राईले रजत पदक हासिल गरेका छन् । यसैगरी महिला ८ वर्ष मुनितर्फ रिया श्रेष्ठ, महिला सिंगल पुम्सेतर्फ सुशिला राई, पुरूष सिंगल पुम्सेतर्फ प्रहरी जवान प्रेम बहादुर लिम्बु र प्रहरी जवान आश्मिन राउत, पेयर पुम्सेतर्फ प्रहरी सहायक हवल्दार जित बहादुर बोट र सुशिला राई तथा पुरूष ग्रुप पुम्सेतर्फ प्रहरी जवान अन्जना चौधरी, प्रहरी जवान प्रदिप चौधरी र सागर बरालले कास्य पदक हासिल गर्न सफल भएका छन् । 

Related Articles

Leave a Comment