Home समाचार नेपाल प्रहरी प्रधान कार्यालयमा बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न

नेपाल प्रहरी प्रधान कार्यालयमा बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न

by reporter

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी संगीत विद्यालय र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌बाट सामूहिक रुपमा उक्त कन्सर्ट सम्पन्न भएको हो ।

सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयका तर्फबाट प्रहरी नायव उपरीक्षक भुला राज खनाल समेतको टोली र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का तर्फबाट Music Director, Captain Esther Hayes एवं Assistant Music Director Captain Sunil Gurung समेतको टोलीद्वारा विभिन्न सुमधर धुन प्रस्तुत गरिएको थियो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले Defence Attache, Colonel, Paul Smith, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का Music Director, Captain  Esther Hayes, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का Assistant Music Director Captain Sunil Gurung लाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । सोही अवसरमा Defence Attache, Colonel, Paul Smith र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌को तर्फबाट Music Director, Captain  Esther Hayes ले प्रहरी महानिरीक्षक सिंहलाई समेत कृतज्ञताको चिनो प्रदान गर्नुभयो ।

वि.सं.२००९ सालमा शुरु भएको नेपाल प्रहरी संगीत विद्यालय बैण्डद्वारा विभिन्न राष्ट्रिय दिवस, खेलकुद, संगठनका विभिन्न कार्यक्रम एवं विभिन्न स्थलहरूमा समयसमयमा सहभागिता र कन्सर्टको आयोजना गर्ने गरेको छ । बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरी संगीत विद्यालयको सम्बन्ध सन् २००४ सालदेखि नै रहँदै आएको छ । संयुक्त रुपमा यी दुवै बैण्डहरूद्वारा समन्वय र सहकार्यमा संयुक्त तालिम र कन्सर्टहरू हुने गरेका छन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का प्रतिनिधिहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Comment