Home अर्थ पाल्पामा ३ लाख बढीको समान बरामद

पाल्पामा ३ लाख बढीको समान बरामद

by reporter

बुटवल । जिल्ला प्रहरी कार्यालय पाल्पाले ३ लाख बढीको समान बरामद गरेको छ । प्रहरीले बिहीबार सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–३ पैठे डाँडाबाट अवैध समान बरामद गरेको हो ।बुटवलबाट गुल्मीतर्फ लु२ च५४८९ नम्बरको पिकअप बलेरोमा लैजाँदै गरेको उक्त समान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार ९८२ के.जी. चियापत्ती, ईम्ली मिठाई ६ कार्टुन, सनपापडी मिठाई ५ कार्टुन गरी करिब मूल्य ३ लाख ६ हजार मूल्यको उक्त समान बरामद गरिएको हो ।बरामद गरिएको समान, गाडी र चालकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Comment