Home राजनीति पुरुषको उम्मेदवारीविरुद्ध सिके राउतले उजुरी दिने

पुरुषको उम्मेदवारीविरुद्ध सिके राउतले उजुरी दिने

by reporter

काठमाडौँ  । उपराष्ट्रपतिको निर्वाचनमा पुरुषको उम्मेदवारी दर्ता गरेको भन्दै जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले त्यसविरुद्ध उजुरी दिने भएका छन् । निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुषको उम्मेदवारी दर्ता गराएको भन्दै अध्यक्ष राउतले आफ्नो ट्वीटरमार्फत त्यसप्रति खेदप्रकट गरेका हुन् ।

निर्वाचन आयोगले संविधानको धारा ३८(४) उद्धृत गर्दै हरेक हालतमा उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनु पर्ने अडान लिएको तर अहिले कुनै दबाब वा प्रभावमा आएर पुरुष उम्मेदवार दर्ता गरेको दाबी गर्दै अध्यक्ष राउतले आयोगको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह खडा भएको र त्यस विरुद्ध उजुरी दिने चेतावनी दिएका छन् ।

निर्वाचन आयोगले संविधानको धारा ३८(४) उद्धृत गर्दै हरेक हालतमा #उपराष्ट्रपतिको उम्मेदबार #महिला नै हुनु पर्ने अडान लिए पछि अहिले कुनै पनि दबाव वा प्रभावमा आएर पुरुष उम्मेदबार दर्ता गरिनु अत्यन्त खेदजनक छ र यसले आयोगको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह खडा गरेको छ। हामी ऊजुरी दिन्छौं

Related Articles

Leave a Comment