Home समाचार पोखरामा बस दुर्घटना, केही यात्रु घाइते

पोखरामा बस दुर्घटना, केही यात्रु घाइते

by reporter

कास्कीको पोखरामा बस दुर्घटना भएको छ। ताल्चोकबाट पोखरा गएको बस आइतबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिएका छन्। ग १ ख ४७६७ नम्बरको बस जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा दुर्घटना भएको हो। दुर्घटना हुँदा ४० जनाभन्दा बढी घाइते भएको कार्यालयले जनाएको छ। घाइतेको उपचारको लागि अस्पताल लगिएको छ। थप विवरण खुल्न बाँकी छ।

Related Articles

Leave a Comment