Home समाचार फरार प्रतिबादि पक्राउ

फरार प्रतिबादि पक्राउ

by reporter

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले बैङ्किङ कसुर मुद्दाका एक जना फरार प्रतिबादिलाई पक्राउ गरेको छ । बैङ्किङ कसुर मुद्दामा सम्मानित उच्च अदालत मोरङ बिराटनगरको मिति २०७९|०२|१७ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना कैद र ४७ लाख रुपैया जरिवाना बेरुजु रहि फरार रहेका पौवादुम्बा गाउँपालिका-५ भोजपुर घर भई ईटहरी उप-महानगरपालिका-१६ सुनसरी बस्दै आएका ४१ बर्षीय भुवन बहादुर कटुवाललाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका कटुवाललाई सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारागार पठाएको छ ।

Related Articles

Leave a Comment