Home जीवनशैली फेरिएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न राप्रपाले बोलायो आकस्मिक बैठक

फेरिएको राजनीतिक घटनाक्रमबारे छलफल गर्न राप्रपाले बोलायो आकस्मिक बैठक

by reporter

सरकारमा बस्ने/नबस्ने निर्णय गर्न सक्नेराष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक रूपमा कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।बिहान ८ बजेका लागि केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको भए पनि नेताहरू आउन बाँकी रहेकाले बैठक सुरू हुन केही ढिलाइ भएको राप्रपा महामन्त्री शरदराज पाठकले जानकारी दिए। बैठकमा परिवर्तित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको ८ दलको बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि अहिलेको सत्ता गठबन्धन धरापमा परेको छ। पुस १० गते बनेको सत्ता गठबन्धनमा रहेका नेकपा (एमाले), राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अरू सबै दल नयाँ गठबन्धनमा समावेश भएका छन्।स्रोतका अनुसार आजको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय गर्ने सम्भावना छ।अहिलेको सरकारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सहभागी छ।यसअघि शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनमा उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको थियो।

Related Articles

Leave a Comment