Home समाचार बच्चासँगको भिडियो भाइरल भएपछि दलाई लामाले माफी मागे

बच्चासँगको भिडियो भाइरल भएपछि दलाई लामाले माफी मागे

by reporter

आफ्नो एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रसिद्ध बौद्ध धर्मगुरु दलाई लामाले माफी मागेका छन्
दलाई लामा तिब्बतबाट निर्वासित भएदेखि नै भारतमा बस्दै आएका छन् । भाइरल भइरहेको दलाई लामासँग सम्बन्धित भिडियोमा उनले एक नाबालकको ओठमा चुम्बन गरिरहेको देखिन्छ । बच्चाको ओठमा चुम्बन गरेपछि उनले आफ्नो जिब्रो बच्चालाई चुस्न भनिरहेका छन्
आइतबार यो भिडियो भाइरल भएपछि मानिसहरूले सामाजिक सञ्जालमा दलाई लामामाथि हमला गर्न सुरु गरे
सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले यसलाई असहज पार्ने खालको भनिरहेका छन् । यस भिडियोमा जनताको आक्रोश देखेर दलाई लामाको आधिकारिक ट्विटर ह्यान्डलबाट बच्चा र उनको परिवारसँग माफी मागिएको छ
dalai lamaदलाई लामाले जारी गरेको बयानमा भनिएको छ, ‘एक भिडियो शेयर भइरहेको छ । यो भिडियो हालै भएको भेटको हो, जसमा एक बच्चाले धर्मगुरु दलाई लामालाई अँगालो हाल्न सक्छु भनेर सोधिरहेका थिए । यदि उनको शब्दले बच्चा र उनको परिवार र विश्वभरका साथीहरूलाई चोट पुर्‍याएको छ भने, दलाई लामा उनीहरूसँग माफी माग्न चाहन्छन् । उनले यो घटनाप्रति दुःख व्यक्त गरेका छन् । हाम्रा धर्मगुरु आफूलाई भेट्न आउने मानिसहरूसँग धेरैजसो यसरी नै निश्चल र ठट्यौली पारामा जिस्कन्छन् । सार्वजनिक रूपमा पनि र क्यामराको अगाडि पनि । उनलाई यो घटनाप्रति अफसोस छ ।’

यो भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा मानिसहरूले दलाई लामाको निन्दा गर्न थाले ।

मेघनाद नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘दलाई लामाको भिडियोले उनको मस्तिष्क डाउनहिल साइडमा रहेको प्रमाणित गर्छ । त्यसैले उनले संन्यास लिएर युवालाई आफ्नो जिम्मेवारी दिनुपर्छ ।’

‘तपाईं राजनीतिक नेता होस् वा धार्मिक नेता । रिटायर गर्न सिक्नुपर्छ । घृणित काम ।’

dalai lamanविद्या कृष्णनले लेखेकी छिन्, ‘यो बच्चा जीवनभर डराएर बस्न सक्छ र उनले अफसोस व्यक्त गरिरहेका छन् ?’

‘यो पनि थाहा पाउनुहोस् कि बच्चालाई दलाई लामाले जे गरे त्यो जिस्क्याइएको होइन, उत्पीडन हो ।’

राफेल गोल्डस्टोन लेख्छन्, ‘दलाई लामाले बच्चालाई चुम्बन गरेको घृणित भिडियो आएको छ । उनी बच्चालाई आफ्नो जिब्रो चुस्नसमेत भनिरहेका छन् ।’

नताली डेनिसले लेखेकी छिन्, ‘यो स्तब्ध पार्ने खालको दृश्य हो । दलाई लामा भारतीय बालकसँग यस्तो व्यवहार गर्दै क्यामेरामा कैद भएका छन् । उनको शारीरिक भाषा देख्न सक्नुहुन्छ ।’

Related Articles

Leave a Comment