Home ग्लोबल बाइडेनको शरीरबाट क्यान्सरयुक्त छाला हटाइयो : ह्वाइट हाउस

बाइडेनको शरीरबाट क्यान्सरयुक्त छाला हटाइयो : ह्वाइट हाउस

by reporter

वासिङ्टन । गत महिना नियमित स्वास्थ्य परीक्षणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनको शरीरबाट क्यान्सरयुक्त छाला हटाइएको ह्वाइट हाउसले जानकारी दिएको छ । सबै क्यान्सरयुक्त कोशिकाहरू हटाइएका कारण थप उपचार आवश्यक नरहेको बाइडेनका डाक्टरले जानकारी हुन् ।
यद्यपि, छालासम्बन्धी जाँचलाई भने बाइडेनले निरन्तरता दिइने डाक्टरको भनाइ छ । ८० वर्षीय बाइडेनले गत फेब्रुअरीमा स्वास्थ्य परीक्षण गरेका थिए । डाक्टरहरूले उनलाई काम गर्नका लागि ‘स्वस्थ’ रहेको बताएका छन् ।
बाइडेनका डाक्टर केभिन ओ’ कोनरले गत फेब्रुअरी १६ मा वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरमा बाइडेनको छातीमा भेटिएको क्यान्सरयुक्त कोषिका हटाइएको जानकारी दिए । उनले भने, ‘अब थप उपचार आवश्यक छैन । त्यो राम्ररी निको भइसकेको छ,’ उनले भने ।

Related Articles

Leave a Comment