Home राजनीति बारासँग उपेन्द्र यादवको कस्तो छ सम्बन्ध ?

बारासँग उपेन्द्र यादवको कस्तो छ सम्बन्ध ?

by reporter

काठमाडौँ । वैशाख १० गते हुने उपचुनावलाई लिएर बारा र उपेन्द्र यादव यति बेला चर्चामा छन् । बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा जितेका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

सप्तरीबाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका यादवले आफू संसद्मा आउनकै लागि रामसहाय यादवलाई उपराष्ट्रपति बनाएको टिप्पणी भइरहेको छ । यादवले आखिर बारा नै किन रोजे ? जबकि सप्तरी–१ बाट प्रतिनिधि सभा सदस्यमा जितेका नवलकिशोर साहले पनि आफू उपराष्ट्रपति बन्न तयार रहेको बताएका थिए । अन्य कुनै क्षेत्र खाली गराएर उनी चुनाव लड्न सक्थे ।

तर उपेन्द्र बारालाई रोज्नुको कारण त्यो ठाउँसँग उनको पुरानो सम्बन्ध नै हो । यादव र बाराको सम्बन्ध आजको मात्र होइन । उनी कम्युनिस्ट नेता हुँदादेखि नै बारा आवतजावत हुन्थ्यो । कम्युनिस्ट पार्टीका पुराना नेता हरिहर यादवसँग यादवको राम्रो सम्बन्ध थियो ।

हरिहर यादव नेपाल कम्युनिस्ट पार्टीको नेता हुँदा यादव सो पार्टीका विद्यार्थी नेता थिए । विद्यार्थी नेताको हैसियतमा हरिहर यादवसँग उनले पटक पटक प्रशिक्षण लिनुको साथै पटक पटक भेटेका पनि छन् ।

Related Articles

Leave a Comment