Home समाचार ब्राउन सुगर सहित ३ जना पक्राउ

ब्राउन सुगर सहित ३ जना पक्राउ

by reporter

झापाको कनकाई नगरपालिका-२ जामुनखाडी सिमसार स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ८ बजे स्थानीय ४० बर्षीय भानु दाहालको घर कोठा भित्र लागुऔषध सेवन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगबाट खटिएको प्रहरी टोलीले घर कोठा चेकजाँच गर्दा लुकाई राखेको अवस्थामा ५ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर, नगद ३४ हजार, ३ थान मोबाईल र मे.९ प. ९२९६ नम्बरको पल्सर मोटरसाईकल फेला पारे सगै दाहाल, ईलाम माई नगरपालिका-८ का ३९ बर्षीय आश बहादुर लिम्बु र ३२ बर्षीय उमेश राईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

Related Articles

Leave a Comment