Home राजनीति महिलालाई उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदन दरपिठ

महिलालाई उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदन दरपिठ

by reporter

काठमाडौं ।

सर्वाेच्च अदालतले महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको निवेदनलाई दरपिठ गरेको छ ।

पुरुष राष्ट्रपति भएकाले उपराष्ट्रपति महिलालाई बनाउनुपर्ने मागसहित सोमबार अधिवक्ता राधिका खतिवडाले दिएको निवेदनलाई सर्वाेच्च अदालतले सोमबार दरपिठ गरिदिएको हो ।

३ चैतमा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि रामसहायप्रसाद यादवसहितको उम्मेदवारी निर्वाचन आयोगले कायम गरेको छ ।

Related Articles

Leave a Comment