Home समाचार यौन दुर्व्यवहार आरोपमा अनाथालयका प्रमुख कारागार चलान

यौन दुर्व्यवहार आरोपमा अनाथालयका प्रमुख कारागार चलान

by reporter

कञ्चनपुर जिल्लामा यौन दुर्व्यवहार तथा जबरजस्ती करणीको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ ।

जिल्लाको भिमदत्त नगरपालिका–४का शंकर बहादुर चन्दलाई कारागार चलान गरिएको छ । कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकर बहादुर चन्दले विगत एव वर्षदेखि वालवालिका विद्यालय गएको बेला अफिसमा पटक-पटक अनाथलयमा बस्ने वालिकालाई यौन दुर्व्यवहार ,जबरजस्ती करणी गरी गर्भपतन समेत गरेको खुलेको छ ।

उनलाई बालयौन दुरुपयोग, जबरजस्ती करणी र गर्भपत कसुरमा मुद्दामा कञचनपुर जिल्ला अदालतले २०७९/११/१७ गते बालयौन दुरुपयोग कसुरमा ५० हजार जरिवाना , जबरजस्ती करणी र गर्भपतन कसुर मा पुर्पक्षका लागी कारागार पठाइएको हो ।

Related Articles

Leave a Comment