Home Uncategorized रामसहाय प्रसाद यादवविरुद्ध एमालेले दियो उजुरी

रामसहाय प्रसाद यादवविरुद्ध एमालेले दियो उजुरी

by reporter

काठमाडौं ।

नेकपा एमालेले जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका रामसहा यप्रसाद यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यलयमा उजुरी दिएको छ । राष्ट्रपतिमा पुरुष उम्मेदवार विजयी भएकाले उपराष्ट्रपति पदमा पनि पुरुष उम्मेदवार हुन नमिल्ने भन्दै एमालेले उजुरी दिएको हो ।

उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जसपा नेता यादवको उम्मेदवारी संविधान र कानुनविपरीत रहेको एमालेको ठहर छ । उपराष्ट्रपति पदका लागि एमालेबाट उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्यका प्रतिनिधि एवं सांसद महेश बर्तौलाले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार उजुरी दर्ता गराएका छन् ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरुद्ध उजुरी दिएको हो । साथै यादवको उम्मेदवारी कानुनविपरीत रहेको एमालेको दाबी छ । जसपाबाट उम्मेदवारी दिएका यादवको नाममा शुक्रबार नै प्रश्न उठ्न थालेपछि जसपाबाटै प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । गठबन्धनका शीर्ष नेताहरूले कांग्रेसलाई राष्ट्रपतिमा निर्वाचित गरेर जसपालाई उपराष्ट्रपतिमा सहयोग गर्ने सहमति गरेको उसको दावी रहँदै आएको छ ।

एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । उपराष्ट्रपति निर्वाचनको तयारीका सन्दर्भमा आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । त्यस्तै चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ । जसपाले पनि भोली आइतबार नै दुइ मध्ये एक उम्मेदवारको टुंगो लगाउनेछ भने गठबन्धनले पनि बैठकमार्फत गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाउन प्रयास गर्ने बताइएको छ ।

Related Articles

Leave a Comment