Home राजनीति राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई मतदान गर्ने नेसपाको निर्णय

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई मतदान गर्ने नेसपाको निर्णय

by reporter

काठमाडौँ । नेपाल समाजवादी पार्टी नेसपाले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ ।नेसपाको आज बसेको बैठकले आगामी फागुन २५ गते हुने चुनावमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको सो पार्टीका नेता विश्वदीप पाण्डेले बताए ।यस्तै नेसपाले राष्ट्रपति चुनावका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।नेसपासँग २५४ मतभार छ । नेसपाका सङ्घीय संसदमा २ र प्रदेश सभामा २ जना सांसद छन् ।

Related Articles

Leave a Comment