Home राजनीति राष्ट्रपतिसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

राष्ट्रपतिसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

by reporter

काठमाडौँ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थमसनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टचार भेट गरेका छन् । राजदूत थमसनले सोमबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टचार भेट गरेका हुन् ।

भेटमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहि आएको द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Related Articles

Leave a Comment