Home राजनीति रुग्ण आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिएका छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

रुग्ण आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिएका छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

by reporter

काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले रुग्ण आयोजनाहरू सम्पन्न गर्न आफूले प्रयास गरिरहेको बताएका छन् । शुक्रबार काठमाडौं उपत्यकाका भैँसेपाटी, बौद्ध जोरपाटी, बालाजु बाइपासलगायतका क्षेत्रहरूमा अनुगमन गरेपछि उपप्रधानमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।
उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि निर्माण व्यवसायीहरूलाई निर्देशन दिएको उनको भनाइ छ ।

। टोलीमा मन्त्रालय तथा विभागका अधिकारीहरू पनि सहभागी थिए । आफू निर्देशन दिएर मात्रै नबस्ने उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोजनाहरूको प्रगतिका बारेमा पनि अनुगमन गरिरहने बताए । ‘निर्माण व्यवसायीहरुलाई बोलाएर देशभरिको रुग्ण आयोजना सम्पन्न गर्न निर्देशन दिएको छु । निश्चित समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिइएको छ,’ श्रेष्ठले भने, ‘त्योअनुसार अनुगमन पनि भएको छ, काममा केही प्रगति पनि भएका छन् । तर, अझै पनि पूरै सन्तुष्ट हुन सक्ने स्थिति छैन ।’

उपत्यकाका कतिपय क्षेत्रमा भत्किएका सडकहरू बनाउने काममा केही प्रगति भएको श्रेष्ठको भनाइ छ । उहाँले कतिपय सडक निर्माणमा खानेपानी, विद्युत्‌लगायत अन्य कार्यालयहरूको कारण ढिलाई भइरहेको बताए । त्यस्तै निर्माण व्यबसायीका कारण पनि सडक निर्माणमा ढिलाइ भइरहेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई छिटो सम्पन्न गर्न आफू प्रयत्नशील रहेको बताए ।

कतिपय अदालतको आदेशका कारण पनि काम रोकिएको भन्दै श्रेष्ठले अदालतको आदेशलाई हस्तक्षेप गर्न नसक्ने भए पनि त्यसमा अनुरोध गरेर अगाडि बढ्ने बताए । गुणस्तरीय सरकारमा हिँड्न पाउने अधिकार नागरिकको भएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । त्यसैका लागि जनताले रोड ट्याक्स तिर्ने गरेको उनले बताए । गुणस्तरीय सडकमा हिँड्न पाउने जनताको अधिकारलाई सरकारले प्रत्याभूत गर्नुपर्ने बताए । त्यसका लागि सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । ‘भैसेपाटी सडकको समस्या अब धेरै रहँदैन’, उनले भने, ‘पाइप बिछाउने कार्य पूरा भएको छ। अब एक महिना सडक पिच हुनेछ।

Related Articles

Leave a Comment