Home समाचार लघुवित्तका कर्मचारीमाथि कालोमोसो दललेको आरोपमा ६ जना पक्राउ

लघुवित्तका कर्मचारीमाथि कालोमोसो दललेको आरोपमा ६ जना पक्राउ

by reporter

सुर्खेत । जाजरकोटमा लघुवित्तका कर्मचारीलाई कालोमोसो दलिएको छ । मंगलबार साढे ३ बजेतिर भेरी नगरपालिकातर्फ किस्ता उठाउन गएका एनआईसी एशिया लघुवित्त शाखा कार्यालय जाजरकोटका कर्मचारी गोपाल उपाध्यायमाथि कालोमोसो दलिएको हो ।
उनी भेरी नगरपालिका अन्तर्गत वडा नम्बर ११ को जग्दिपुरमा किस्ता उठाउन गएका थिए । जाजरकोटका डीएसपी सन्तोष रोक्काले किस्ता उठाउने क्रममा दुई जना कालो मास्क लगाएका अज्ञात व्यक्तिले उनीमाथि कालोमोसो दलेको रातोपाटीलाई जानकारी दिए ।
उपाध्यायको साथमा रहेको केही रकम र झोला समेत अज्ञात व्यक्तिहरूले लिएका थिए । डीएसपी रोक्काले कालोमोसो दल्ने समूहमा संलग्न सम्भावित ६ जना व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए ।

‘को हुन् ? भन्ने खुलेको छैन, हामीले आज पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको छ,’ उनले भने ।

Related Articles

Leave a Comment