Home समाचार ललितपुरबाट १२ जना जुवाडे पक्राउ

ललितपुरबाट १२ जना जुवाडे पक्राउ

by reporter

काठमाडौँ । प्रहरीले ललितपुर महानगरपालिका–१४ स्थित थसिखेलबाट एक दर्जन जुवाडेहरुलाई पक्राउ गरेको छ । शुक्रवार साँझ जुवा खालमा छामा मारेर १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी प्रवीण पोखरेलले जानकारी दिए ।पक्राउ पर्नेमा ललितपुर घर भएका कान्छीमाया तामाङ, ३६ वर्षीया निता थापा, ४२ वर्षीया निलिमा राई, ५२ वर्षीया लक्ष्मी गुरुङ, ५९ वर्षीया मन्जु गुरुङ न्यौपाने, ४९ वर्षीय राज कुमार केसी र ३७ वर्षीय बिलबहादुर लामासहित छन् । थसिखेलस्थित ईश्वरी खड्काको घरमा सञ्चालित जुवा खालबाट प्रहरीले जुवा सञ्चालक इश्वरीलाई पनि पक्राउ गरेको छ । जुवा खालबाट १ लाख ६० हजार नगद र ९ बुक तास बरामद गरिएको एसपी पोखरेल बताए ।

Related Articles

Leave a Comment