Home राजनीति लोसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

लोसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

by reporter

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । लोसपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ । “पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।विश्वासको मत दिएपछि सरकारमा सहभागी हुने बाटो खुल्नेछ”, नेता महतोले भन्नुभयो । बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ । यसअघि लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपनि प्रतिपक्षी बेन्चमा बसेको थियो । लोसपाकोतर्फबाट प्रतिनिधिसभामा चार सांसद हुनुहुन्छ ।

Related Articles

Leave a Comment