Home समाचार सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको बल्ब बरामद

सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको बल्ब बरामद

by reporter

रौतहट जिल्लाको कटहरिया नगरपालिका ५ कटहरियाबाट फागुन २९ गते सशस्त्र प्रहरीले १ लाख ११ हजार रुपैयाँ बराबरको भन्सार छलीको सिपिएल बल्ब बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको १ हजार १ सय ३० वटा बल्ब सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दुधियाभारले बरामद गरेको हो । बरामद बल्ब भन्सार कार्यालय गौरमा बुझाइएको छ ।

Related Articles

Leave a Comment