Home समाचार स्रोत नखुलेको नगदसहित पक्राउ

स्रोत नखुलेको नगदसहित पक्राउ

by reporter

धनुषा, जनकनन्दनी गाउँपालिका-५ बनरझुला चौकी अगाडिबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका-२ धनुषाधाम बस्ने ५५ वर्षीय जोगिन्द्र यादव र १९ वर्षीय कृष्ण साह रहेका छन् । ईलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी बल्हागोठबाट खटिएको संयुक्त टोलीले जयनगरबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश २-०२-००३ प ७०४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सम्बन्धित समाचार

Related Articles

Leave a Comment