Home राजनीति ८ दलीय गठबन्धनलाई घनिभूत ढंगले अगाडि बढाउँछौं : प्रवक्ता महत

८ दलीय गठबन्धनलाई घनिभूत ढंगले अगाडि बढाउँछौं : प्रवक्ता महत

by reporter

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेस अवसरवादी पार्टी नभएको बताएका छन् । राष्ट्रपति निर्वाचनपछि संसद भवनमा सञ्चारकर्मीसँग उनले ८ दलीय गठबन्धन अगाडि बढ्ने बताए । ‘नेपाली कांग्रेस पार्टी अवसरवादी पार्टी होइन । हामीले बोलेपछि पुरा गर्छौँ । आठ दलीय गठबन्धनलाई घनिभूत ढंगले अगाडि बढाउनुपर्छ ,’ उनले भने ।संविधानको धारा ७६ को उपधारा ३ मा गएर संसदको पहिलो दलको हैसियतले प्रधानमन्त्री बन्न खेलमा कांग्रेस नलाग्ने उनको भनाइ छ । सरकार फेर्ने खेलमा नलाग्ने भन्दै जनताको समस्या समधान गर्नतिर ध्यान दिने महतले बताए । उनले भने, ‘जनताले सुशासनको अपेक्षा गरेका छन् । आर्थिक मन्दी छ । जनता अप्ठ्यारोमा छन् । साना लगानीकर्ता मारमा छन् ।’

Related Articles

Leave a Comment