Home Uncategorized बारा-२ मा उपेन्द्रलाई स्वतन्त्र सांसदको समर्थन

बारा-२ मा उपेन्द्रलाई स्वतन्त्र सांसदको समर्थन

by reporter

काठमाडौं । मधेस प्रदेशका निर्वाचित स्वतन्त्र सांसद प्रमोद जयसवालले बारा क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा जसपाबाट उम्मेदवारी दिएका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका छन् ।

बारा क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित सांसद जयसवालले शनिबार विज्ञप्ति जारी गरी उम्मेदवार यादवलाई समर्थन गरेका हुन् ।

उनले उम्मेदवार यादवलाई मतदान गर्न बारा–२ का जनतासँग अपिल समेत गरेका छन् ।

मधेश आन्दोलनको नेतृत्व गरी मधेसका सवालहरू सम्बोधन गराउन र देशमा संघीयता स्थापित गराउन अतुलनीय योगदान गरेको र नागरिकता लगायतका समस्या समाधानका लागि जसपा अध्यक्ष यादव संसदमा पुग्नुपर्ने सांसद जयसवालले उल्लेख गरेका छन् ।

Related Articles

Leave a Comment