Home अन्य शाहरूख खान ‘लल्ली’ बनेपछि…

शाहरूख खान ‘लल्ली’ बनेपछि…

by reporter

बलिउड अभिनेता शाहरूख खानले आफ्नो चर्चित बाल पात्र ‘लल्ली’ को पहिरन लगाएपछि कमेडियन भारती सिंह भावुक भएकी थिइन्।सन् २०१६ मा शाहरूख आफ्नो फिल्म ‘फ्यान’ को प्रचार गर्न ‘कमेडी नाइट्स बचाओ’ मा पुगेका थिए। उक्त कार्यक्रममा भारतीले शाहरूखलाई लल्ली पात्रको भूमिकामा अभिनय गर्न आग्रह गरिन्।शाहरूखले गुलाबी रंगको पहिरन लगाउँदै भारतीसँग प्रस्तुति दिएका थिए। दर्शक हाँसेपछि भारतीले शाहरूखलाई धन्यवाद दिएकी थिइन्। त्यसपछि शाहरूखले आफ्नो पहिरन हेरेर भने, ‘दर्शकहरू मलाई हिरो ठान्दैनन्। यो हेरेपछि थोरै बाँकी थियो, त्यो पनि सकियो।’भारतीले उनलाई हेरिन् र अँगालो हालेर रोइन्। शाहरूखले भारतीको हातमा चुम्बन गरेका थिए।‘मैले सबभन्दा पहिला यही पात्रको भूमिका निर्वाह गरेकी थिएँ। यो पात्र यति हिट थिएन, जति तपाईंले गरिदिनु भयो। धेरै धेरै धन्यवाद,’ भारतीले रूँदै भनिन्। शाहरूखले भारतीलाई फेरि अँगालो हाल्दै भने, ‘यस्तो नगर।’ एक फ्यान पेजले उक्त भिडिओको क्लिप इन्स्टाग्राममा पोस्ट गर्दै लेखेको छ, ‘सबैलाई विशेष बनाउने मान्छे।’जनावरी २५ देखि अभिनेता शाहरूखको स्पाई थ्रिलर फिल्म ‘पठान’ प्रदर्शन भइरकेको छ। सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत शाहरूख खानले चार वर्षपछि कमब्याक गरेका हुन्।शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दिपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा श्रीधर राघवन र संवाद अब्बास टायरवालाले तयार पारेका हुन्।  

Related Articles

Leave a Comment