Home शिक्षा नगरप्रमुखको नाममा एसइई परीक्षा दिने नक्कली विद्यार्थी पक्राउ

नगरप्रमुखको नाममा एसइई परीक्षा दिने नक्कली विद्यार्थी पक्राउ

by reporter

रौतहट  ।

नगरप्रमुखको नामबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा ( एसइई )अन्तर्गत दोस्रो दिनको गणित विषयको परीक्षा दिँदै गरेको अवस्थामा एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

परीक्षा सञ्चालन भइरहेको बेलामा मौलापुर नगरपालिकास्थित लक्ष्मिनिया माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा पुगेको अनुगमन टोलीले शङ्कालागि चेकजाँच गर्दा नक्कली परीक्षार्थी रहेको पाइएपछि नियन्त्रणमा लिइएको हो ।

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित देवाहीगोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुको नामबाट एसइई परीक्षा दिँदै  गरेका उनका ज्वाइँ गरुडा–६ पोठियाही निवासी कमल साहलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका साह पेसाले इन्जिनियर रहेको स्रोतले बतायो । ससुरा प्रेमलाल साह कानुको प्रवेस पत्रमा रहेको सिम्बोल नम्बर ३५०३७२८ बाट पक्राउ परेका साहले परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीर बहादुर बुढामगरले पक्राउ परेका साहमाथि अनुसन्धान भइरहेको बताउनुभयो ।

Related Articles

Leave a Comment