Home राजनीति निजी क्षेत्रसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री, अर्थ मन्त्रालय र राष्ट्र बैंक पनि सहभागी

निजी क्षेत्रसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री, अर्थ मन्त्रालय र राष्ट्र बैंक पनि सहभागी

by reporter

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान आर्थिक स्थितिबारे चासो बढाएका छन् । देशको अर्थतन्त्र समस्याग्रस्त अवस्थामा रहेको समयमा प्रधानमन्त्री दाहालले सरोकारवालाहरुसँगको छलफल अघि बढाएका हुन् । प्रधानमन्त्री दाहालले आज अर्थतन्त्रको वर्तमान अवस्थाबारे बुझ्न अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको बताए । उनले ब्याजदरका कारण अर्थतन्त्रमा सृजना भएको समस्या र यसको समाधानका विषयमा छलफल गर्न अन्तरक्रिया आयोजना गरिएको जानकारी दिए उनले आज प्रधानमन्त्री कार्यालयको आयोजनामा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रका छाता संगठनसँग छलफल गर्ने बताए । विगतमा पनि निरन्तर बैठक आयोजना भइरहेको र आज पनि अर्थतन्त्रसँग सरोकारवालाहरुसँग अन्तरक्रिया आयोजना गरिएको दाहालको भनाई छ । छलफल अर्थतन्त्रमा देखिएका समस्या समाधानका विषयमा केन्द्रीत हुने बताइएको छ
‘नयाँ सरकार गठन भएयताको १०० दिनमा अर्थतन्त्रमा केही सकरात्मक सुधार आइरहेको छ,’ उनले भने, ‘अर्थतन्त्रमा संकट छ भनिइरहेको छ । तर, बाहिर चलेको हल्ला जस्तो संकट छैन ।’ विदेशी मुद्राको भण्डारण ९ महिनाभन्दा धेरैको आयात धान्न सक्छ । राजश्व संकलनमा चूनौती रहेपनि पछिल्लो ३ महिनायता संकलन बढिरहेको छ । यस्तै, अर्थतन्त्र सुधार्नका लागि चोरी पैठारी रोक्न समेत सरकार सक्रिय भएको छ भने बैंक ब्याजदरका कारण अर्थतन्त्रमा समस्या उत्पन्न भएको विषयलाई समेत सरकारले सम्बोधनको प्रयास गरेको छ ।

Related Articles

Leave a Comment