Home राजनीति प्रशासनिक र सुरक्षा निकायमा राजनीतिक दबाब र प्रभाव हुन नदिने : गृहमन्त्री श्रेष्ठ

प्रशासनिक र सुरक्षा निकायमा राजनीतिक दबाब र प्रभाव हुन नदिने : गृहमन्त्री श्रेष्ठ

by reporter

बुटवल। उप–प्रधान एवम् गृहमन्त्री नारायण काजी श्रेष्ठले राष्ट्रपतिले रोकेको नागरिकता विधेयक छिटै संसदवाट अगाडी बढाउने बताउनुभयो । गृह मन्त्रालय सम्हाले देखि नै आन्तरिक सुशासन र बाह्य सुशासनमा जोड दिएको दाबी गदै उहाँले प्रशासनिक र सुरक्षा निकायमा कतै पनि राजनीतिक दबाब र प्रभाव हुन नदिने बताउनुभयो ।प्रेस सेन्टर रुपन्देहीले मङ्गलवार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरूलाई नागरिकता विहीन बनाएर राख्न नमिल्ने भएकाले विधेयक अगाडी बढाएर पास गर्ने जिकिर गर्नु भयो ।उहाँले नागरिकता सम्बन्धित केही विषयमा भने राष्ट्रिय सहमति गर्ने बताउनु भयो । त्यसबारेमा सबै राजनैतिक पार्टी एवम् राष्ट्रिय जीवनका महत्त्वपूर्ण ब्यक्तित्वहरुसंग छलफल गरिने उहाँको भनाई छ ।पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले शान्ति प्रक्रियाको संविधान सभाबाट राजनैतिक परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने र सेना समायोजन गरी २ प्रक्रिया सकेको र सङ्क्रमणकालीन न्याय सम्बन्धी काम अझै पनि बाँकी रहेकोले यसलाई पुरा गरिनु पर्ने बताउनुभयो । यो पुरा भए मात्रै शान्ति प्रक्रिया समग्रमा पुरा हुने श्रेष्ठको भनाइरहेको छ ।उहाँले अर्थतन्त्रका तत्काल देखा परेका समस्यालाई समाधान गरेर अर्थतन्त्रलाई लयमा ल्याउन सके मात्र समृद्धिले फड्को मार्न सक्ने बताउँदै एक दुई दिनमै अर्थतन्त्रको समस्याहरु पहिचान गर्न र यसको समाधानको उपाय बारे विज्ञहरू सहित बैठक बस्ने तयारी भई रहेको बताउनुभयो ।

Related Articles

Leave a Comment