Home खेलकुद १० खेलाडीमा समेटिएको राफिन्हाको गोलमा बार्सिलोनाको जित

१० खेलाडीमा समेटिएको राफिन्हाको गोलमा बार्सिलोनाको जित

by reporter

बार्सिलोनाले स्पेनिस ला लिगामा महत्वपूर्ण जित हात पारेको छ।घरेलु मैदानमा १० खेलाडीमा समेटिएको क्याटलान क्लब बार्सिलोनाले भ्यालेन्सियामाथि १–० को कठिन जित निकालेको हो। बार्सिलोनाको जितमा ब्राजिली मिडफिल्डर राफिन्हाको गरेको गोल नै निर्णायक बन्यो।स्पोटिफाई नोउक्याम्पमा आइतबार राति भएको खेलको १५औं मिनेटमा राफिन्हाले गोल गर्दै टोलीलाई सुरूआती अग्रता दिलाएका थिए।५५ औं मिनेटमा फेरान टोरेस पेनाल्टीमा चुक्दा बार्सिलोनाले अग्रता दोब्बर पार्ने मौका गुमायो। फ्रान्क केसीको क्रसमा आन्द्रेस क्रिस्टेन्सेनले गरेको प्रहारलाई ह्युगो गुइलामोनले हातले रोकेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । तर, टोरेसले गोल गर्न सकेनन् ।५९ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो। ह्युगो डुरोमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले रोनाल्ड एराउजोलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए। तर, त्यसको फाइदा भ्यालेन्सियाले उठाउन सकेन। बार्सिलोनाले सुरूआती अग्रता जोगाउँदै जित निकाल्न सफल भयो ।यो जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ६२ अंक पुगेको छ। उसले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ९ अंकले पछि पारेको छ। गएराति रियल बेटससँग बराबरी खेलेको रियलको समान २४ खेलबाट ५३ अंक छ। पराजित भ्यालेन्सिया २३ अंक जोडेर १९औं स्थानमा छ।

Related Articles

Leave a Comment